७३ जिल्लामा फैलियो डेंगु
बिहीबार, ०८ साउन २०८२, २० : २७
काठमाडौँ । देशका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार डेंगुको संक्रमण गण्डकी र बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको पाइएको छ ।
सन् २०२५ को सुरुवातदेखि जुलाई २४ सम्म देशभर २ हजार २४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्रै १३२ जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ६ जनामा संक्रमण देखिएको छ ।
प्रदेशगत रूपमा हेर्दा गण्डकीमा सबैभन्दा बढी ६ सय २९ जना संक्रमित भएका छन् । पछिल्लो एक हप्तामा गण्डकीमा ४८ नयाँ बिरामी थपिएका छन् । त्यसपछि बागमती प्रदेशमा ४ सय ८९ जना र लुम्बिनी प्रदेशमा ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण