बैतडीमा नेपाल–भारत सीमानाका भोलिदेखि बन्द हुने
कैलाली । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई लक्षित गरी बैतडीस्थित नेपाल–भारत जोड्ने सीमानाका शुक्रबार साँझ ७ बजेदेखि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार झुलाघाट नाकासहित तल्लोसोराड क्षेत्रमा सञ्चालनमा रहेका घाटहरू साउन १२ गते मतदान प्रक्रिया नसकिँदासम्मका लागि बन्द रहनेछन् ।
सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले भारतीय पक्षको अनुरोधमा सीमानाका बन्द गर्न लागिएको जानकारी दिए । भारतको पिथौरागढमा हालै सम्पन्न सीमा सुरक्षा समन्वय बैठकमा भएको सहमतिअनुसार नै नाका बन्द गर्ने निर्णय गरिएको हो ।
भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (साउन ८ र १२ गते) पञ्चायत निर्वाचन हुँदै छ । यही निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि १२ गतेसम्म बन्द रहनेछ । दार्चुलाको पुलघाट नाका भने जुलाई २१ (साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म बन्द गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण