बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भिजिट भिसा

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

गृहमन्त्रीद्वारा छानबिन गर्न प्रहरीलाई निर्देशन

बिहीबार, ०८ साउन २०८२, २२ : ३४
बिहीबार, ०८ साउन २०८२

सारांश

  • नयाँ दिल्ली विमानस्थलबाट कुवेत जान लागेका ४७ नेपाली महिलालाई नेपाल फर्काइएको छ।
  • दिल्लीस्थित दूतावासको समन्वयमा महिलाहरूलाई रुपन्देही पुर्‍याइयो र प्रशासनको जिम्मा लगाइयो।
  • गृहमन्त्री रमेश लेखकले मानव बेचबिखनको आशंकामा अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन्।

काठमाडौँ।  भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ ।

दिल्ली विमानस्थलबाट एनओसी बिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्‍याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौँ ल्याइरहेको छ ।

त्यसै गरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिनुभएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप