मनसुनी वायु कमजोर भएसँगै बढ्दै गर्मी, भैरहवाको तापक्रम ३९ डिग्रीसम्म पुग्ने सम्भावना
शुक्रबार, ०९ साउन २०८२, १० : ०९
सारांश
- देशभर मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको छ, जसका कारण गर्मी बढ्न थालेको छ।
- ताप्लेजुङ, विराटनगर, काठमाडौँ, पोखरा, र डडेलधुरामा पानी पर्ने सम्भावना छ।
- भैरहवामा ३९ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको छ । फलतः देशका अधिकांश भूभागमा गर्मी बढ्न थालेको छ ।
आज ताप्लेजुङ, विराटनगर, काठमाडौँ , पोखरा, डडेलधुरा लगायतका सहरमा पानी पर्ने सम्भावना रहेकोले यी स्थानमा तुलनात्मक रूपमा तापक्रम मध्यम रहने देखिएको छ ।
तर भैरहवाको तापक्रम आज ३९ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै जनकपुरको ३८, दिपायलको ३७.७ र सिमराको ३७.६ सम्म तापक्रम पुग्ने महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण