आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

शुक्रबार, ०९ साउन २०८२, १० : ४०
शुक्रबार, ०९ साउन २०८२

सारांश

  • कोशी गाउँपालिका-४ को कोशी कटान क्षेत्रमा गर्मी छल्न स्थानीयको भीड लाग्न थालेको छ।
  • सप्तकोशीको पानी 'सिपेज' भएर आउने र चिसो हुने भएकाले दैनिक सयौं मानिस नुहाउन आउँछन्।
  • स्थानीयका अनुसार, गर्मी मौसममा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि योजना बनाउनुपर्छ।

सुनसरी । अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ । सो स्थानमा सप्तकोशी नदीको पानी ‘सिपेज’ भएर आउने र पानी चिसो हुने भएकाले नुहाउनका लागि स्थानीयसँगै आसपासका स्थानबाट सर्वसाधारण आउने गरेको स्थानीय अरुण मण्डलले जानकारी दिए । यहाँ दैनिक १०० भन्दा बढी नुहाउनकै लागि आउन थालेको स्थानीय रुपेश झाले बताए ।

चर्को घामका बेलामा पनि यहाँको पानी चिसो हुने भएकाले बढ्दो गर्मीसँगै नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीयको भनाइ छ । कटान क्षेत्रमा लामो तथा छाटो दूरीका सवारीसाधनका चालक र यात्रु समेत नुहाएर विश्राम लिने गरेका छन् ।

यस स्थानलाई गर्मी मौसमको समयमा व्यवस्थित बनाई आन्तरिक पर्यटन प्रवर्द्धन सकिने भएकाले ठोस योजना बनाउन आवश्यक रहेको स्थानीय बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप