कांग्रेस पदाधिकारी बैठक रुपन्देही-३ को उपनिर्वाचनबारे केन्द्रित
सारांश
- नेपाली कांग्रेसको बैठक रुपन्देही क्षेत्र नम्बर-३ मा हुने उपनिर्वाचनबारे छलफल गर्न बसेको छ।
- बैठकमा सभापति शेरबहादुर देउवा, पदाधिकारी, पूर्वपदाधिकारी, र अन्य नेताहरूको उपस्थिति रहेको छ।
- बैठकमा मलको अभाव र खडेरीबाट किसानलाई राहत तथा जगदुल्ला हाइड्रोपावरको ठेक्काको बारेमा छलफल हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक रुपन्देही क्षेत्र नम्बर-३ मा आगामी कात्तिक १७ हुने लागेको उपनिर्वाचनबारे केन्द्रित रहेको छ ।
उपनिर्वाचनबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीबाहेक रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाण र कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई समेत बैठकमा बोलाएका छन् ।
त्यस्तै २०७९ सालमा भएको निर्वाचनमा त्यो क्षेत्रबाट तत्कालीन गठबन्धनको उम्मेदवार बन्दै पराजित नेता बालकृष्ण खाण पनि बैठकमा उपस्थित छन् ।
बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीबहेकका गृहमन्त्री रमेश लेखक, ऊर्जा जलस्रोत तथा सिंचाईंमन्त्री दीपक खड्का र कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी पनि सहभागी छन् । खड्का आमन्त्रित केन्द्रीय सदस्य र अधिकारी केन्द्रीय सदस्यमात्रै हुन् ।
अधिकारीसँग मलको अभाव र खडेरीबाट आहतमा परेका किसानलाई राहत कसरी उपलब्ध गराउन सकिन्छ र खड्कासँग जगदुल्ला हाइड्रोपावरको ठेक्काबारे जानकारी लिन बोलाइएको स्रोतले बताएको छ ।
रुपन्देही ३ को निर्वाचनमा खाण राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका थिए । बोहराको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण