मलाई पदको लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति छैन : पूर्वराष्ट्रपति भण्डारी
सारांश
- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्त्वाकाङ्क्षा नरहेको बताइन्।
- उनले आफू पार्टीमार्फत देश र जनताको सेवा गर्न लागेको बताइन्।
- भण्डारीले राजनीतिमा आएर देश र जनताको सेवा गर्ने कुरालाई अनौठो नमान्न आग्रह गरिन्।
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्त्वाकाङ्क्षा र आशक्ति नभएको स्पस्ट पारेकी छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको भन्दै पार्टीमार्फत देश र जनताको सेवा गर्न लागेको बताइन् ।
‘मलाई कुनै पदप्रति लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति छैन । किनकि मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ भण्डारीले भनिन् ।
उनले आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रह गर्दै भनिन्,‘म राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनेर देश र जनताको सेवा गर्ने सङ्कल्प गर्नु कुनै अनौठो र आश्चर्यजनक विषय होइन ।’
उनले पार्टी राजनीति गर्न पाउने आफ्नो संवैधानिक अधिकार भएको दाबी समेत गरिन् । ‘यो संवैधानिक अधिकार मात्रै होइन । मुलुकमा राजनीति गरेर पार्टीको नेता भएर नै राष्ट्रपतिमा निर्वाचित भएको दिन र आफ्नो पार्टी जीवन आफ्नो पार्टीमा नै राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण