सेफगार्डिङ प्रशिक्षण गराउँदै एन्फा
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले सेफगार्डिङ प्रशिक्षण कार्यक्रम गराउने भएको छ ।
विश्व फुटबल महासङ्घ (फिफा) को कार्यक्रम सेफगार्डिङ फोकल पोइन्ट (महिला) कार्यक्रम अन्तर्गत एन्फाले प्रशिक्षण गराउने भएको हो ।
प्रशिक्षणका लागि एन्फाले ४९ जिल्लाबाट महिला सेफगार्डिङ्ग छनोट गर्नेछ । त्यसका लागि एन्फाले प्रदेश फुटबल सङ्घ अन्तर्गत रहेका जिल्ला फुटबल संघरूलाई समन्वय गर्न निर्देशन दिएको छ ।
कोशी प्रदेशमा श्रावण १७ गते धरान एकेडेमीमा प्रशिक्षण हुनेछ । त्यस्तै मधेस प्रदेशको रौतहट एकेडेमीमा श्रावण २० गते, बागमतीको एन्फा कम्प्लेक्समा श्रावण १५ गते, गण्डकी प्रदेशको गण्डकी प्रदेश कार्यालयमा श्रावण २५ गते, लुम्बिनी प्रदेशको बुटवल एकेडेमीमा श्रावण २२ गते र कर्णाली प्रदेशसँगै सुदूरपश्चिम प्रदेशको सुर्खेतमा श्रावण १२ गते प्रशिक्षण हुने एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण