चौथो दिनमा भारत १३७ रनले पछि
शनिबार, १० साउन २०८२, २३ : ३४
सारांश
- इङ्गल्यान्डविरुद्धको टेस्ट सिरिजको दोस्रो खेलमा भारत १३७ रनले पछि परेको छ।
- चौथो दिनको खेलमा भारतले १७४ रन बनाउँदा २ विकेट गुमायो।
- भारतका लागि केएल राहुल ८७ र सुभमन गिल ७८ रनमा नट आउट रहे।
काठमाडौँ। घरेलु टोली इङ्गल्यान्डविरुद्धको टेस्ट सिरिजको दोस्रो खेलको चौथो दिनमा भारत १३७ रनले पछि रहेको छ ।
शनिबार भएको चौथो दिनको खेलमा इङ्गल्यान्ड ६६९ रनमा अल आउट भएपछि भारतले ब्याटिङ थालेको थियो ।
भारतले चौथो दिनको खेलमा १७४ रन बनाएर २ विकेट गुमाएको छ । भारतका यजश्वी जैशवाल र शाइ सुदर्शन रन नबनाएरै पेवेलियन फर्किएका थिए ।
भारतका लागि केएल राहुल ८७ रनमा नट आउट छन् । यता कप्तान सुभमन गिल ७८ रनमा नट आउट छन् । उता इङ्गल्यान्डका लागि क्रिस ओकले दुई विकेट लिए ।
खेलको पहिलो पारीमा ३५८ रन बनाएको थियो । त्यसपछि इङ्गल्यान्डले ६६९ रन बनाएको थियो । जसमा जोय रुटको १५० रनको शतकीय पारी पनि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण