धनगढीमा भएको आगलागीमा आठ वटा पसल जल्दा ६ करोड ३० लाखको क्षति
सारांश
- धनगढीमा साउन ४ गते भएको आगलागीमा आठ वटा पसलमा ६ करोड ३० लाखको क्षति भएको छ।
- आगलागी विद्युत सर्टका कारणले भएको थियो र यसमा हेलेन ट्रेड एण्ड सप्लायर्स लगायतका पसलहरूमा क्षति पुगेको थियो।
- प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो करिब सवा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो।
धनगढी । धनगढीमा गत साउन ४ गते भएको आगलागीमा परी जलेका आठ वटा पसलमा ६ करोड ३० लाखको क्षति भएको छ। विद्युत् सर्टका कारण धनगढी–४ स्थित नास्ट कलेज नजिकै आठवटा सटरमा आगलागी भएको थियो।
आगलागीबाट हेलेन ट्रेड एण्ड सप्लायर्स अन्तर्गत विश्वप्रकाश कँडेलले सञ्चालन गरेका चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन सटर र सेन्टर प्वाइन्ट रेस्टुरेन्टमा क्षति पुगेको थियो।
आगलागी नियन्त्रणका लागि प्रहरी उपरीक्षक बालनरसिंह राणाको नेतृत्वमा नेपाल प्रहरीका ४५ जना र सशस्त्र प्रहरी निरीक्षक सरोज खतिवडाको नेतृत्वमा सशस्त्र प्रहरीका २५ जना सुरक्षाकर्मी खटिएका थिए। धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहयोगमा करिब सवा एक घण्टापछि राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो।
उक्त आगलागीको घटनामा ६ करोड ३० तीस रुपैँया क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीलाई स्थानान्तरण गर्न जग्गा प्लट मिलान तथा पूर्वाधार अध्ययन समिति गठन
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण