भूमिमन्त्रीसँग हितराज पाण्डेको प्रश्न : लिचिबारी अडियो सही हो कि फेक ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसँग लिचिबारी अडियो प्रकरणबारे प्रष्टीकरण माग गरेका छन् ।
आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि विधेयकबारे भएको छलफलका क्रममा उनले मन्त्री अधिकारीसँग जवाफ मागेका हुन् ।
पाण्डेले अडियो फेक हो भने अडियो ल्याउनेलाई किन कारबाही गरिएन भन्ने प्रश्न गरे । 'अडियो सही हो भने त्यसमा मन्त्रीज्यूको नाम पनि छ । फेक हो भने त्यस्तो अडियो निकाल्नेलाई कारबाही गर्नुपर्यो, बेवारिसे रूपमा छोड्न मिल्छ कि मिल्दैन,' उनले भने ।
उनले भूमिसम्बन्धी ऐनले सरकारलाई संसद्को असाधारण अधिकार दिने व्यवस्था गरिएको भन्दै विधेयकमा व्यवस्था भएको सूचित आदेश र निर्देशिका बनाउनसक्ने व्यवस्था विधेयकबाट हटाउन माग गरे ।
उनले भूमि ऐन धेरै पुरानो भएको र धेरै पटक संशोधन पनि भएको भन्दै नयाँ ऐन नै ल्याउन माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण