राजेन्द्र केसीले पाए कांग्रेस बागमती संसदीय दलको विवाद मिलाउने जिम्मा
सारांश
- नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको विवाद मिलाउन केन्द्रीय सदस्य राजेन्द्र केसीलाई खटाएको छ।
- काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्य समेत रहेका केसीलाई विधानअनुसार विवाद मिलाउने जिम्मेवारी दिइएको छ।
- बागमती प्रदेशमा कांग्रेसका ३९ सांसदमध्ये २१ जनाले संसदीय दलका नेता बहादुरसिंह लामालाई हटाउन हस्ताक्षर गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मा केन्द्रीय सदस्य राजेन्द्र केसीलाई दिएको छ ।
काठमाडौँ–१०बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीलाई संसदीय दलको विधानअनुसार बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘संसदीय दलको विधानअनुसार बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी केन्द्रीय सदस्य राजेन्द्र केसीलाई दिइएको छ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने, ‘उहाँ आजै (आइतबार) त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ ।’
कांग्रेस संसदीय दलको विधानको दफा २२ को उपदफा २ मा ‘नेतामाथि राखिएको अविश्वास प्रस्तावलाई संसदीय दलको प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यले समर्थन गरेमा सो प्रस्ताव पारित भएको मानिनेछ । संसदीय दलको सो बैठकमा पार्टीका केन्द्रीय सभापति वा महामन्त्री वा केन्द्रीय समितिले खटाएको कुनै पर्यवेक्षकको उपस्थिति अनिवार्य हुनु पर्नेछ,’ भन्ने व्यवस्था उल्लेख छ । त्यही व्यवस्थाअनुरुप केसीलाई केन्द्रीय समितिका तर्फबाट पर्यवेक्षक पठाइएको हो ।
बागमतीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री छन् । उनलाई संसदीय दलको नेताबाट हटाउन कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्र बानियाँको नेतृत्वमा २१ सांसदले हस्ताक्षरसहित शुक्रबार प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका बागमती प्रदेशमा ३७ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण