भूमि सम्बन्धी विधेयक आवश्यक छैन : सांसद राई
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले भूमि सम्बन्धी विधेयक आवश्यक नै नभएको बताएकी छन् । आइतबार बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले अहिले संशोधन राखेका दफाहरू वन ऐनमै रहेको र वनको कुरालाई भूमि ऐनमा ल्याएर हस्तक्षेप गर्न नहुने बताइन् । सरकारले ल्याएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२, २०२१ साल भन्दा पनि पछि फर्किएको जिकिर गरिन् । विधेयकमा सुकुम्वासी, स्ववासीलाई जग्गा दिने कुरा कतै नरहेको बताउनु भयो । जंगल मास्ने काममा नलाग्न पनि आग्रह गरिन् ।
उनले भने,‘यो विधेयक आवश्यक थिएन । विभिन्न बुँदाहरूमा हामीले राखेको विधेयकमा भएको दफाहरू वन ऐनमै छ । यसलाई भूमिमा ल्याएर त्यसलाई हस्तक्षेप गर्ने कुरा गर्न हुँदैन । यो विधेयक २०२१ साल भन्दा पछि फर्किएको छ । अझ अघि जानुपर्ने । जस्तो हदबन्दी खोल्ने कुराहरु छ । यो बेठिक छ । यो विधेयकको सैद्धान्तिक छलफल र अवधारणामा भनिएको छ । दलित, सुकुम्वासी, स्ववासीलाई दिने भनिएको छ । तर भित्र छिर्दा कतै भेटिँदैन । जंगल मास्ने हाम्रो काम होइन । हामीले जंगल मास्न हुँदैन ।’
सांसद राईले यो विधेयक जस्ताको त्यस्तै पास गरे पास गर्नै सबै कलङ्कित हुने बताइन् । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरूसँग छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण