बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जल लिन आएका दुई भारतीय युवकको बागमतीमा डुबेर मृत्यु

एकको शव तीन दिनपछि फेला
आइतबार, ११ साउन २०८२, १७ : २५
आइतबार, ११ साउन २०८२

सारांश

  • रौतहटको बागमती नदीमा जल भर्न गएका दुई भारतीय युवकको डुबेर मृत्यु भएको छ।
  • बेपत्ता भएका एक युवकको शव घटना भएको तीन दिनपछि फेला परेको छ भने अर्का युवकको शव पहिला नै भेटिएको थियो।
  • प्रहरीले शव फेला पारेर कानुनी प्रक्रिया पूरा गरी अस्पतालमा राखेको छ र घटनाको अनुसन्धान भइरहेको छ।

रौतहट । साउन महिनामा भगवान् शिवलाई चढाउन जल लिन आएका दुई भारतीय युवकको रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा डुबेर मृत्यु भएको छ । 

डुबेर बेपत्ता भएका एक युवकको शव घटना भएको तीन दिनपछि आज आइतबार फेला परेको हो । 

भारतको बिहार राज्य अन्तर्गत ग्राम घुरघुरा घरभएका  २४ वर्षीय नितिश कुमार राउतसहित दुई जना ९ गते बेलुका ७ बजे बागमती नदीमा नुहाइसकेपछि जल भरिरहेको अवस्थामा अचानक बेपत्ता भएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुर र सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरको संयुक्त टोलीले खोजतलास गरेको थियो । 

प्रहरीले आइतबार चन्द्रपुर नगरपालिका–१ गोपालकुटीस्थित बागमती सिँचाइ आयोजनाको मुख्य नहर (हेड वर्क्स ब्यारेज) को पश्चिम साइडको ‘एच’ नम्बर गेटमा राउतको शव फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

यसअघि बेपत्ता भएका दुईमध्ये बिहारको सीतामढी जिल्ला ग्राम जमुआहा-१ पञ्चायत मठिया निवासी शिवशंकर साहका १४ वर्षीय छोरा पवन कुमार साहको शव शनिबार झोलुङ्गे पुल नजिकै, घटनास्थलदेखि करिब १५० मिटर दक्षिण तैरिरहेको अवस्थामा  फेला पारिएको जिल्ला प्रहरी प्रवक्ता रायले जानकारी दिए । 

प्रहरीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई चन्द्रपुरस्थित अस्पतालमा राखेको जनाएको छ । मृतकको सनाखत उनका बुबाले गरेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान बढाइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

साउन महिनामा मधेसका जिल्लाहरूका साथै सीमावर्ती गाउँका हजारौँ भारतीय तीर्थालु नुनथरघाट बागमती नदीबाट जल लिएर शिव मन्दिरहरूमा चढाउन जाने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप