खेलकुद
यू–२० एसियन कप छनोट खेल्ने नेपाली टाेलीको घोषणा
आइतबार, ११ साउन २०८२, २० : ५३
सारांश
- एन्फाले यू-२० एसियन कप २०२५ खेल्ने नेपाली टाेलीको घोषणा गर्यो।
- प्रशिक्षक यमप्रसाद गुरुङले २३ सदस्यीय टोली घोषणा गरे, जसमा एक खेलाडी परिवर्तन गरियो।
- नेपालले छनोट चरणमा उत्तर कोरिया, भुटान र साउदी अरबविरुद्ध खेल्नेछ।
काठमाडौँ । यू–२० एसियन कप खेल्ने नेपाली टाेलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आइतबार एसियन कप २०२५ खेल्ने टोली घोषणा गरेको हो ।
मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले भदौ २३ देखि २८ सम्म हुने प्रतियोगितामा एक खेलाडी परिवर्तन गर्दै २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।
छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले उत्तर कोरिया, भुटान र साउदी अरबसँग खेल्नेछ । छनोट चरणका प्रत्येक समूहका शीर्ष टोलीले अर्को वर्ष हुने एएफसी यू–२० एसिया कपको अन्तिम चरणमा स्थान बनाउने छ ।
प्रशिक्षक गुरुङले बङ्गलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिप खेलको टोलीकी डिफेन्डर झुमा विश्वकर्माको स्थानमा सजिना स्याङ्तानलाई टोलीमा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण