बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मुम्बईमा आम जनता पार्टी निकट ‘आम प्रवासी नेपाली एकता समाज’को बृहत अन्तरक्रिया तथा भेला सम्पन्न

आइतबार, ११ साउन २०८२, २० : ५७
आइतबार, ११ साउन २०८२

सारांश

  • मुम्बईमा आयोजित कार्यक्रममा प्रवासी नेपाली समुदायको बाक्लो उपस्थिति रह्यो, जहाँ उनीहरूले समस्या र भूमिकाबारे छलफल गरे।
  • कार्यक्रममा अध्यक्ष प्रभु साहले राष्ट्रिय राजनीतिमा प्रवासी नेपालीको भूमिका महत्त्वपूर्ण रहेको बताए।
  • भेलाले 'लुटतन्त्र' उन्मूलन गरी जनशक्तिको माध्यमबाट जनताको शासन स्थापना गर्ने संकल्प गर्‍यो।

मुम्बई । आम जनता पार्टी -आजपा_ निकटको ‘आम प्रवासी नेपाली एकता समाज’, भारतको मुम्बई शाखाले आयोजना गरेको बृहत अन्तरक्रिया तथा भेला कार्यक्रम आज सम्पन्न भएको छ।

 आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहको उपस्थितिमा सम्पन्न उक्त भेलामा प्रवासी नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले प्रवासी नेपालीहरूका समस्या, चुनौती र राष्ट्रिय राजनीतिमा प्रवासीको भूमिका विषयमा खुलेर विचार आदानप्रदान गरेका थिए।

भेलाले नेपालमा व्यापक रूपमा व्याप्त रहेको "लुटतन्त्र र दलाल प्रवृत्ति"को उन्मूलन गरी सशक्त जनशक्तिको माध्यमबाट जनताको शासन–सत्ता स्थापना गर्न आजपाले अगाडि सारेको तेस्रो जनआन्दोलनलाई सफल पार्ने दृढ संकल्प समेत व्यक्त गरेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष साहले अहिलेको राजनीतिक अवस्था परिवर्तन गर्न प्रवासी नेपालीहरूको भूमिका अझ महत्वपूर्ण भएको बताउँदै यो समय राष्ट्रलाई स्वाभिमानी र समावेशी नेतृत्वतर्फ लैजाने अवसर भएको धारणा व्यक्त गरे। उनले प्रवासी नेपालीहरूलाई देशको परिवर्तनकारी अभियानमा ऐक्यबद्धता जनाउन आह्वान समेत गरे।

कार्यक्रम समापनअघि विभिन्न सांस्कृतिक कार्यक्रम, एकता समाजको भावी योजनाहरूको प्रस्तुति र सहभागीहरूबीच सहमति भएका प्रस्तावहरू सार्वजनिक गरिएका थिए।

भेलाले प्रवासी नेपालीहरूको एकता, स्वाभिमान र राष्ट्रिय परिवर्तनमा योगदान अभिवृद्धि गर्ने उद्देश्यमा थप ऊर्जा थपेको आयोजकको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप