कञ्चनपुरमा अखिल क्रान्तिकारीका नेताहरूबिच झडप, एक जना पक्राउ
आइतबार, ११ साउन २०८२, २१ : ५१
कञ्चनपुर । कञ्चनपुरमा माओवादी निकट अखिल क्रान्तिकारीका नेताहरूबिच झडप भएको छ ।
आइतबार दिउँसो अखिल क्रान्तिकारीको कार्यक्रममै झडप भएको हो । झडपपछि सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले राताेपाटीलाई बताए ।
'पार्टीको कार्यक्रम चलिरहेको थियो । त्यही क्रममा रामचन्द्र भट्ट र भुवन विष्टबिच झडप भएको हो । घाइते भट्टलाई उपचारका लागि धनगढी रेफर गरिएको छ । सामान्य घाइते भएका विष्ट उपचारपछि हाम्रो नियन्त्रणमा छन्,'उनले भने ।
भट्टको टाउकोमा गम्भीर चोट लागेको डीएसपी बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण