फेलिक्सलाई अल नासर ल्याउने मुख्य प्रेरणा रोनाल्डो
सारांश
- पोर्चुगिज स्टार खेलाडी जाआओ फेलिक्स साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध भएका छन्।
- क्रिस्टियानो रोनाल्डोको प्रेरणाले फेलिक्स अल नासरमा अनुबन्धित भए, वार्षिक १० मिलियन युरो तलब पाउनेछन्।
- फेलिक्सले एसी मिलान र चेल्सीमा लोनमा खेलेपछि अल नासरसँग २ वर्षको सम्झौता गरेका हुन्।
रियाद । पोचुगिज स्टार खेलाडी जाआओ फेलिक्सले अब साउदी प्रो लिग क्लब अल नासरबाट खेल्ने भएका छन् । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई आफ्नो आइडल सम्झने फेलिक्सले अब उनीआबद्ध क्लबबाट नै खेल्ने भएका हुन् ।
२५ वर्षीय फेलिक्स २६ मिलियन पाउण्डको प्रारम्भिक ट्रान्सफरमा अल–नस्रमा आबद्ध हुने पक्का भएको छ । फुट मेर्काटोका अनुसार ४० वर्षीय रोनाल्डोले राष्ट्रिय टिमको शक्तिशाली तर्क प्रस्तुत गर्दै पूर्व एट्लेटिको म्याड्रिड खेलाडीलाई साउदी प्रो लिग क्लबमा आउन प्रेरित गरेका हुन् ।
‘अल–नासरमा एकै देशका खेलाडीले सँगै ४०–५० खेलहरूसँगै खेल्दा राम्रो तालमेल हुनेछ । यसले २०२६ विश्वकप अघि राम्रो तयारी हुन्छ,’ रोनाल्डोले कथित रूपमा भनेका थिए ।
फेलिक्सले गत सिजनको दोस्रो भाग एसी मिलानमा लोनमा खेलेका थिए। उनले २०२४ मा एट्लेटिको म्याड्रिडबाट ४५ मिलियन पाउण्डमा चेल्सी गएका थिए तर त्यहाँ पर्याप्त खेल्ने अवसर नपाएपछि अल–नासर जाने निर्णय गरेका हुन्। यो सम्झौताले राष्ट्रिय टिमका लागि महत्त्व राख्छ भन्ने कुरा फेलिक्सले बुझेर नै निर्णय गरेको रिपोर्टमा उल्लेख छ।
बार्सिलोनाका पूर्व खेलाडी फेलिक्सले २ वर्षको सम्झौतामा अल–नासरमा वार्षिक १० मिलियन युरो तलबमा साइन गरेपछि र छिट्टै अस्ट्रियामा हुने प्रि–सिजन तालिममा टिमसँग जोडिने अपेक्षा गरिएको छ।
फेलिक्सले एसी मिलानका लागि १२ खेलमा एक गोल गरेका छन् । यता चेल्सीका लागि १५ लिग खेलमा २ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण