ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’
सारांश
- न्युयोर्कमा आयोजित समारोहमा सांसद ज्ञानेन्द्र शाहीलाई 'ग्लोबल हिरो अवार्ड' प्रदान गरियो।
- अवार्ड ग्रहण गर्दै शाहीले कर्णाली र जुम्ली जनताप्रति आभार व्यक्त गरे र अवार्ड उनीहरूलाई समर्पण गरे।
- उनले यस अवार्डले समाजमा सकारात्मक काम गर्न प्रेरणा मिल्ने र एकताको भावना बढ्ने बताए।
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा सांसद ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।
अवार्ड ग्रहण गरेपछि शाहीले कर्णाली र जुम्ली जनताका साथै देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायको विश्वास र साथका लागि हार्दिक आभार व्यक्त गर्दै अवार्डको श्रेय उनीहरूलाई समर्पित गर्ने घोषणा गरे।
शाहीले भने, ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश–विदेशमा रहेका नेपालीहरूको विश्वासको प्रतिफल हो। यो अवार्डले निःसन्देह समाजमा सकारात्मक काम गर्ने प्रेरणा दिनेछ र एकताको भावना थप मजबुत बनाउनेछ।’
उनले कार्यक्रममा सहभागी आयोजक समिति ‘हामी ग्लोबल नेपाली’ को प्रशंसा गर्दै भने, ‘कार्यक्रमलाई सफल बनाउन समितिले गरेको अथक प्रयास, लगनशीलता र समर्पण साँच्चै प्रशंसनीय छ। कार्यक्रमको व्यवस्थापन, प्रस्तुति र समग्र वातावरण अत्यन्तै उत्कृष्ट थियो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण