एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टलबीच सहकार्य : ग्राहकलाई दाँत उपचारमा १५ प्रतिशतसम्म छुट
सारांश
- एनआईसी एशिया बैंकले ग्राहकका लागि कान्तिपुर डेन्टल कलेजसँग सहकार्य गरेको छ।
- सम्झौता अनुसार, डिजिटल भुक्तानी गर्दा ग्राहकले १५% सम्म छुट पाउनेछन्।
- यो सुविधा काठमाडौं, पोखरा, चितवन र बुटवलका शाखाहरूमा उपलब्ध हुनेछ।
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई दाँत सम्बन्धी उपचारमा विशेष छुट दिने उद्देश्यले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लिसँग सहकार्य गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले दाँतको उपचार गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा अधिकतम १५ प्रतिशतसम्म छुट पाउने छन्।
सम्झौता अनुसार जनरल हस्पिटल सेवाहरूमा १५ प्रतिशत, फिजिओथेरापी, आई ग्लास तथा जनरल डेन्टल सेवामा १० प्रतिशत र विशेष डेन्टल सेवामा ७ प्रतिशत छुट प्राप्त हुनेछ।
उक्त छुट काठमाडौंको जोरपाटीस्थित केडीसी एस्थेटिक सेन्टर, पोखराको न्युरोडस्थित कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटल, काठमाडौंको सतुंगल, चितवनको भरतपुर तथा बुटवलको भलवारी तिलोत्तमास्थित शाखाहरूमा प्राप्त गर्न सकिनेछ।
छुट सुविधा लिन ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले यस सहकार्यबाट ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त हुनुका साथै डिजिटल भुक्तानी प्रणालीलाई समेत प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण