एक बिघामा १५ लाखको केरा उत्पादन
सारांश
- कैलालीका किसान टेकेन्द्र धामीले केराखेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्छन्।
- धामीले गत वर्ष ४७ लाखको केरा बेचे, र हाल १९ बिघामा केराखेती गर्छन्।
- किसानले ४०-४५ रुपैयाँमा केरा बेच्दा उपभोक्ताले ८० रुपैयाँभन्दा बढी तिर्नुपर्छ।
कैलाली । कैलालीको टीकापुर–४ का केरा किसान टेकेन्द्र धामीले केराखेती गरेर एक बिघामा १५ लाखसम्मको केरा उत्पादन गरेका छन् । धामीले गतवर्ष तीन बिघा सात कठ्ठामा गरिएको केराखेतीबाट रु ४७ लाखको केरा बिक्री गरे । ‘‘समयमै उत्पादन हुँदा रु ४७ लाखको केरा बिक्री गरेँ, फुटकर बिक्री गरेको हिसाब राखेको छैन’’, उनले भने, ‘‘मैले राम्रो उत्पादन भएका बेला एक बिघामा रु १५ लाखसम्म कमाएको छु ।’’
धामीले १९ बिघामा केराखेती गरेका छन् । यसका साथै तीन बिघामा उखु, अन्य जमिनमा धान र केराको टिस्यु कल्चर बेर्ना उत्पादनको काम गरिरहेका छन् ।
१४ वर्षदेखि केराखेतीमा संलग्न धामीले थोपा सिँचाइ प्रविधिबाट खेती गर्दै आएका छन् । यसरी केराखेतीमा लागेका धामीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले राम्रो साथ दिएको छ । आयोजनाले थोपा सिँचाइ, पावर टिलर, अटो सहयोग गरेको छ’’, उनले भने, ‘‘मैले उत्पादन गरेका केराका बेर्ना अन्य किसानलाई वितरण गर्नका लागि किनिदिने गरेको छ ।’’
अहिले कैलालीका किसानले बारीमा रु ४० देखि ४५ मा केरा बिक्री गरिरहेका छन् तर बजारमा रु ८० बढीमा बिक्री हुन्छ । केरा उत्पादक किसानले पनि मूल्य पाएका छैनन् भने उपभोक्ता महँगोमा परिरहेका छन् । मूल्यबीचका बिचौलियाले पाइरहेको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण