मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

थाइल्यान्डमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

सोमबार, १२ साउन २०८२, १४ : ३३
सोमबार, १२ साउन २०८२

सारांश

  • बैंककको बजारमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ।
  • आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएपछि आत्महत्या गरेका थिए।
  • प्रहरीले आक्रमणकारीको पहिचान र आक्रमणको उद्देश्य पत्ता लगाउन अनुसन्धान गरिरहेको छ।

बैंकक । थाइल्याण्डकाे राजधानी बैंककमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । राजधानीको भिडभाड भएको बजारमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए । यसपछि आक्रमणकारीले गोली हानेर आत्महत्या गरेको बताइएको छ । गोलीकाण्डमा मारिनेमध्ये पाँच जना बजारका सुरक्षाकर्मी थिए । सञ्चारमाध्यममा आएको खबरका अनुसार यस घटनामा आक्रमणकारी सहित कुल ६ जनाको मृत्यु भएको छ । 

प्रहरीले आक्रमणकारीको पहिचान र आक्रमणको उद्देश्य पत्ता लगाउन अनुसन्धान गरिरहेको थाई प्रहरीले एउटा विज्ञप्तिमा भनेको छ । यस घटनामा कोही पयर्टक घाइते भएको वा मारिएको खबर नआएको बैंककको बाङ्ग सुई जिल्लाका एक प्रहरी अधिकारीले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । 

प्रहरीले शेयर गरेको भिडियोमा टाउकोमा सेतो टोपी र छातीमा ब्याग झुन्ड्याएका एक संदिग्ध बजारको पार्किङ क्षेत्र भएर हिँडिरहेको देखिन्छ । हालैका वर्षमा थाइल्यान्डमा गोलीबारीका घटना बढेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप