गोलन्जोर ६ का वडाध्यक्ष भन्छन्– सम्पर्कबिहीन परिवारको घर लथालिङ्ग अवस्थामा छ
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविन श्रेष्ठले सम्पर्कबिहीन उर्मिला हायुको घर लथालिङ्ग अवस्थामा भेटिएको बताएका छन् ।
वडाध्यक्ष श्रेष्ठसहित प्रहरी टोली सम्पर्कबिहीनहरुको घरमा आइतबार दिउँसो पुग्दा ढोका खुला रहेको, बाख्रा र कुखुराहरू त्यतिकै छाडिएको अवस्थामा भेटिएका हुन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का छेप्टाको हायु परिवारका १६ जना गत शुक्रबारदेखि सम्पर्कबिहीन छन् ।
‘प्रहरीसहित म अहिले हायुको घरमा पुगेका छौँ । यहाँको दृश्य लथालिङ्गजस्तै छ’, श्रेष्ठले रातोपाटीसँग भने, ‘भाँडाकुँडा र लत्ताकपडा फालिएको अवस्थामा छन् भने भान्छामा थोरै आगो लागेकोजस्तो पनि देखिन्छ ।’
उनले हायु परिवारबारे केही खुल्न नसकेको बताए । ‘म घटनास्थलमै छु । प्रहरी टोली पनि छ । तर केही पत्ता लाग्न सकेको छैन’, उनले भने, ‘उहाँहरू आफै बेपत्ता हुनुभएको हो वा के हो भन्ने केही खुलेको छैन ।’
उनले उर्मिला हायु, उनका ५ छोरी, छोराहरू, नातिनी २ र ज्वाइँ २ जना सम्पर्कबिहीन भएको खबर आएको बताए ।
‘उनीहरुले घरभन्दा ४५ मिनेटको दुरीमा एउटा भैँसी पालेको रहेछ । तर त्यो भैँसीलाई ३ दिनदेखि घाँसपानी दिन नआएपछि सोधखोज हुँदा उनीहरू सम्पर्कबिहीन भएको पत्ता लागेको हो’, वडाध्यक्ष श्रेष्ठले भने, ‘हामीले कतैबाट कनट्याक्ट हुनसक्छ कि भनेर लागिपरेका छौँ । त्यस्तै प्रहरीबाट लोकेसन ट्रयाक गर्ने काम भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण