समाचार
भत्ता पाएपछि एकै परिवारका १६ जना सम्पर्कबिहीन, खाेज्दै प्रहरी
सोमबार, १२ साउन २०८२, १४ : ४२
सारांश
- सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना शुक्रबारदेखि सम्पर्कविहीन भएका छन्।
- लोपोन्मुख हायु समुदायले भत्ता बुझेको भोलिपल्ट उनीहरू बेपत्ता भएको बताइएको छ।
- प्रहरीले बेपत्ता परिवारको खोजी कार्य जारी राखेको छ, र उक्त क्षेत्रमा विपद्को घटना भएको छ।
काठमाडौँ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ बाट एकै परिवारका १६ जना सम्पर्कबिहीन भएका छन् ।
गत शुक्रबारदेखि स्थानीय हायु परिवारका १६ जना सम्पर्कबिहीन भएको सूचना आएको सिन्धुलीका प्रहरी उपरीक्षक(एसपी) लालध्वज सुवेदीले रातोपाटीलाई बताए ।
साउन ८ मा (बिहीबार) स्थानीय निकायले लोपोन्मुख हायु समुदायले पाउने भत्ता बापतको रकम वितरण गरेको थियो । उनीहरुले प्रतिव्यक्ति ४ हजारको दरले ३ महिनाको भत्ता रकम बुझेका थिए ।
बेपत्ता हुनेमा उर्मिला हायु र उनका ६ छोरा, ६ छोरीसहित छन् । उनीहरूको खोजीमा प्रहरी परिचालन गरिएको एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘सो क्षेत्रमा विपद्को घटना पनि भएको छ, उहाँहरुको खोजी हुँदै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण