सिन्धुलीमा २० अर्बको भैँसीको मासु प्रशोधन उद्योग स्थापना हुने, ५ हजार बढीले रोजगारी पाउने
काठमाडाैँ । गत मङ्सिर महिनामा सम्पन्न प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताअनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले नेपालमा ठुलो लगानीको तयारी थालेको छ ।
कम्पनीले सिन्धुलीको मारिण गाउँपालिका–४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्नका लागि उद्योग विभागबाट प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत २० अर्ब रुपैयाँको स्वीकृति प्राप्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएका हुन् ।
प्रस्तावित उद्योगले वार्षिक दुई लाख मेट्रिक टन भैँसीको मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको आदि) उत्पादन गर्नेछ । चीन निर्यातलाई लक्षित गर्दै सञ्चालनमा ल्याइने यस उद्योगमार्फत ५ हजार १५६जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।
साथै, उद्योग सञ्चालनपछि वार्षिक करिब डेढ खर्ब रुपैयाँ बराबरको मासु चीन निर्यात हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण