नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारीको धर्ना
मङ्गलबार, १३ साउन २०८२, ११ : ५३
सारांश
- नेपाल विद्युत प्राधिकरणका दैनिक ज्यालादारी कर्मचारीले दुई वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै धर्ना दिएका छन्।
- कर्मचारीहरूले २०७९ साउन ३१ गतेको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्, जुन मासिक ज्यालादारीमा रूपान्तरण गर्ने थियो।
- प्राधिकरणले सहमति जनाए पनि सम्झौता कार्यान्वयन नगरेको भन्दै कर्मचारीहरूले विरोध जनाएका छन्।
काठमाडौं । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले दुई वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ।
शान्तिपूर्ण रूपमा आयोजित धर्नामा सहभागी कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका थिए।
संघर्ष समितिका अनुसार, प्राधिकरण सञ्चालक समितिको २०७९ साउन ३१ गते बसेको ९४९औं बैठकले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरिसकेको थियो। सो निर्णय कार्यान्वयन गर्ने विषयमा पटक–पटक सहमति र सम्झौता भए पनि अहिलेसम्म कार्यान्वयन नभएको समितिको गुनासो छ।
'प्राधिकरणले पटक–पटक सहमति जनाउँदै पनि सम्झौताको पालना नगरेपछि दबाब सिर्जना गर्न हामीले कालोपट्टीसहितको शान्तिपूर्ण धर्ना दिएका हौं,' संघर्ष समितिले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण