जनकपुरधाममा धारिलो हतियार प्रहार गरी बालिकाको हत्या
सारांश
- जनकपुरधाममा धारिलो हतियार प्रहारबाट एक बालिकाको हत्या, आमा र भतिजी घाइते।
- घटनामा बटेश्वर गाउँपालिकाकी १४ वर्षीया अञ्चली यादवको मृत्यु भएको छ।
- हत्या अभियोगमा जेल सजाय काटेका रामबाबु साहले खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ।
धनुषा । यहाँस्थित जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ भने र दुईजना घाइते भएका छन् ।
कटैयाचौरी भन्ने स्थान नजिक भएको सो घटनामा बटेश्वर गाउँपालिका–५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीय छोरी अञ्चली यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अञ्चलीकी आमा ३६ वर्षीय आशा यादव र आशाकी १५ वर्षीय भतिजी राधा यादव घाइते छन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरेर बस्ने धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले सोमबार राति ती तीनै जनामाथि खुकुरी प्रहार गरेका थिए । आशाको टाउको र शरीरको विभिन्न भागमा घाउ लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढिरहेकी थिइन् ।
साह आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय काटेका व्यक्ति हुन् । मधेस प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले घटनाको अनुसन्धान भइरहेको र हत्या अभियुक्तको खोजी भइरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
-
‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
-
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
-
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
-
हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण