जन्मदर बढाउन अभिभावकलाई बर्सेनि ५०० डलर दिँदै चीन
सारांश
- चीन सरकारले ३ वर्षभन्दा कम उमेरका बालबालिका भएका अभिभावकलाई प्रति बालबालिका ५०० अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ।
- यो योजनाअन्तर्गत अभिभावकले प्रति सन्तान १० हजार ८०० युआनसम्म पाउने छन्, र यो वर्षको सुरुदेखि नै हिसाब गरिनेछ ।
- चीनमा घट्दो जन्मदरलाई मध्यनजर गर्दै, सरकारले २ करोड घरपरिवारलाई साना बालबालिका हुर्काउन सहयोग गर्ने लक्ष्य राखेको छ।
बेइजिङ । चीनमा ३ वर्षभन्दा कम उमेरका बालबालिका भएका अभिभावकलाई हरेक बालबालिकाका लागि ५०० अमेरिकी डलर (३ हजार ६०० युआन) दिन लागिएको छ । जन्मदर बढाउन सरकारले पहिलो पटक देश व्यापी रूपमा अनुदान दिन लागेको हो ।
सोमबार घोषणा गरिएको यस योजनामा अभिभावकले प्रति सन्तान १० हजार ८०० युआनसम्म पाउने छन् । यो योजनाअन्तर्गत अभिभावकहरूलाई यस वर्षको सुरुदेखि नै हिसाब गरेर पैसा दिइने चीनको सरकारी टिभी च्यानल सीसीटीभीले उल्लेख गरेको छ ।
२०२२ देखि २०२४ को बिचमा बच्चा जन्मिएका घरपरिवारले यो आंशिक अनुदानका लागि आवेदन दिन सक्नेछन् । चीनमा जन्मदर घटिरहेको छ । सत्तारुढ कम्युनिस्ट पार्टीले विवादास्पद एक सन्तान नीति एक दशक अघि नै खारेज गरिसकेको भएपनि त्यहाँ जन्मदर बढ्न सकेको छैन । सरकारले पछिल्लो योजनाले २ करोड घरपरिवारलाई साना बालबालिका हुर्काउन टेवा मिल्ने सरकारी सञ्चार माध्यमले भनेको छ । चीनका कयौँ प्रान्तले स्थानीय बासिन्दाहरूलाई थप सन्तान जन्माउन प्रेरित गर्नका लागि भनेर भुक्तानीको योजनाहरू ल्याएका थिए ।
मार्चमा उत्तरी चीनको होह्हत शहरले तीन सन्तान भएका जोडीलाई हरेक सन्तान बापत १ लाख युआन दिने घोषणा गरेको थियो । बेइजिङको उत्तरपूर्वी सहर शेनयाङले भने तीन वर्ष भन्दा कम उमेरका तेस्रो सन्तान भएको स्थानीय परिवारलाई मासिक ५०० युआन दिने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण