आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : आलोकनगर र च्यासलमा दुई फरक प्रस्ताव

मङ्गलबार, १३ साउन २०८२, २२ : ००
मङ्गलबार, १३ साउन २०८२

आज २०८२ साउन १३ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • बागमतीमा किचलो

नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम तालिका अनुसार संसदीय दलको नेता चयन प्रक्रियामा साउन १४ गते बुधबार मतदान हुने कार्य तालिका तय भएको हो ।

  • मुग्लिन–पोखरा सडक

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्ड आँबुखैरेनी–जामुनेको ८६ प्रतिशत काम सम्पन्न भएर चिटिक्क र आकर्षक बनेको छ । तर यो सडकको पश्चिमी खण्ड जामुने–पोखराको निर्माण कार्य भने सुस्त छ ।

  • छाउपडी

सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाका कारण महिलाको जीवन जोखिममा पर्दै आएको छ । महिनावारी भएका वेला महिलालाई घरबाहिर असुरक्षित तरिकाले छाउगोठमा राख्ने विकृतिविरुद्ध यहाँ विद्रोह सुरु भएको दुई दशकभन्दा बढी भइसक्यो, तर पनि छाउगोठ राख्ने प्रचलन पूर्ण रूपमा हट्न सकेको छैन ।

  • नाउपाभित्र विवाद थप चर्कियो

साउन ११ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले कास्कीका शिव बाँस्तोलालाई कार्यवाहक तोकिन् । यसपछि नाउपाभित्र आन्तरिक विवाद तीव्र बनेको छ ।  

  • पुराना डोजर निर्यात

नेपालमा डोजर (हेभी इक्विपमेन्ट) उत्पादन हुँदैन तर नेपालले विदेशमा विभिन्न खालका डोजर निर्यात गर्ने गरेको छ । केही वर्षयता दक्षिण एसियाली मुलुक अफगानिस्तान तथा अन्य खाडी मुलुकहरू डोजर खोज्न नेपालसम्म आइपुगेका छन् । 

  • मधेसका किसानको गुनासो

नेपालको अन्न भण्डार मानिने मधेस प्रदेश अहिले खडेरीको चपेटामा पिल्सिरहेको छ । साउन महिनाको आधा समय बित्न लाग्दा पनि आकाशबाट पानी नपर्दा खेत बाँझो हुने अवस्थामा पुगेका छन् । 

  • एमालेभित्र विद्याबारे बहस

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीभित्र हुँदै आएको बहसमा  पूर्ण प्रतिबन्ध लगाउनेदेखि पार्टी झण्डामा रहेको रङ परिवर्तनसम्मको प्रस्ताव गरेको छ ।

  • बर्थिङ सेन्टर

प्रसवको असह्य पीडाले छटपटाइरहेकी मीना तामाङ (नाम परिवर्तन) को हात श्रीमानले बलियोसँग समातिरहेका थिए । वेलावेला कम्मरमा उठ्ने पीडा कम गर्न मसाज गरिदिन्थे, हिँड्न खोज्दा सहारा दिन्थे । यो कुनै चलचित्रको दृश्य होइन, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मिडवाइफरी नेतृत्वको बर्थिङ सेन्टरभित्रको यथार्थ हो, जहाँ प्रसवलाई महिलाको एक्लो र कष्टकर यात्रा बन्न दिइँदैन ।

  • छुट्टाछुट्टै पहिचान

पुँजी बजारलाई व्यवस्थित बनाउन भन्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले ‘आइजीन’सम्बन्धी नयाँ निर्देशिका ल्याएको छ । आइतबार सीडीएससी बोर्डको बोर्डले पारित गरेको निर्देशिका  स्वीकृतिका लागि धितोपत्र बोर्ड (सेबोन)मा पठाइएको छ । 

  • समाजवादी मोर्चा विघटनको प्रस्ताव

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दलीय समाजवादी मोर्चा विघटन गर्न प्रस्ताव गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप