समाजवादी मोर्चाले भदौको अन्त्यतिर देशव्यापी जनसङ्घर्ष गर्ने
सारांश
- समाजवादी मोर्चाले सीमा सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको छ।
- बैठकले देशमा बढेको निराशा र आक्रोशलाई सम्बोधन गर्ने कार्यक्रम बनाउने निर्णय गर्यो।
- मोर्चाले भदौको अन्त्यतिर देशव्यापी कार्यक्रम र जनसङ्घर्ष गर्ने निर्णय गरेको छ।
काठमाडौँ । समाजवादी मोर्चाले सीमाहरूलाई निर्ममतापूर्वक सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको छ ।
मङ्गलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको मोर्चाको बैठकले देशमा व्यापक निराशा र आक्रोश बढेकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।
‘हाम्रो सीमालाई निर्ममतापूर्वक सच्याउनुपर्छ । देश अप्रिय स्थितिमा पुगिरहेको छ । डरलाग्दो निराशावादमा गएको छ । समाजवादी मोर्चालाई अहिलेको वस्तुस्थितिमा समाजवादी दिशामा लैजानुपर्छ’, उनले भने, ‘अर्को देशलाई समाजवादी दिशामा लैजान अन्य पार्टी र समूहसँग छलफल र बहस गरी अगाडि बढाऊँ । फरक ढङ्गले विस्तार गर्दा तार्किक र व्यवहारिक रूपमा लैजाऔँ भन्ने निर्णय गर्यो ।’
यस्तै भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जाऔँ । देशैभरी जनसङ्घर्ष र अन्तरक्रिया गर्ने निर्णय भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण