बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रियसभा बैठक

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

विधायन व्यवस्थापन समितिको बैठक पनि आजै

बुधबार, १४ साउन २०८२, ०५ : २७
बुधबार, १४ साउन २०८२

सारांश

  • राष्ट्रिय सभाको बैठक बुधबार दिउँसो नयाँ बानेश्वरमा बस्नेछ।
  • सञ्चारमन्त्रीले चलचित्र विधेयक दफावार छलफलका लागि पेस गर्नेछन्।
  • समितिका सभापतिले विकासशील राष्ट्रसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफलको प्रस्ताव राख्नेछन्।

काठमाडौँ ।सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज (बुधबार) दिउँसो १ः१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यक्रम छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू पनि बैठकमा जानकारी गराइने कार्यसूचीमा समावेश गरिएको छ।

यसैगरी, बुधबार बिहान १०ः३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप