प्रदेश संसदीय दलको नेताका लागि बानियाँको मनोनयन
सारांश
- इन्द्र बानियाँले बागमती प्रदेश संसदीय दलको निर्वाचनका लागि मनोनयन दर्ता गरे।
- मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वास गुमाएपछि हेटौंडामा मतदान हुँदैछ।
- बानियाँको प्रस्तावकमा यांकिला शेर्पा र समर्थकमा कृष्णकुमार तामाङ रहेका छन्।
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनका लागि नेता इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् ।
मुख्यमन्त्रीसमेत रहेका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती कांग्रेसमा दलको नेता चयनका लागि आज हेटौडामा मतदान हुँदैछ ।
बानियाँको प्रस्तावकमा यांकिला शेर्पा रहेकी छन् भने समर्थकमा कृष्णकुमार तामाङ रहेका छन् ।
निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारका लागि दरखास्त दर्ता कार्यक्रम ११ बजेभित्र सञ्चालन हुनेछ। उम्मेदवारहरूको प्रारम्भिक नामावली ११ः३० बजे प्रकाशित गरिनेछ भने उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान सोही दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।
संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौँडामा हुनेछ भने मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ ।
मतदान सम्पन्न भए लगत्तै मतगणना सुरु गरिने र सोही दिन निर्वाचन परिणाम घोषणा गरिने जनाइएको छ । निर्वाचन समितिको सदस्यहरूमा ऋषिराम घिमिरे र जीवन ढुङ्गेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
-
बझाङ दुर्घटना : स्थानीय तहबाट न्यूनतम साढे दुई लाख सहयोग गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण