लम्बोदर न्यौपानेको मुद्दा हेर्न नमिल्ने इजलासमा
सारांश
- नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका छन्।
- विशेष अदालतले उनलाई कलेजको सम्पत्ति गैरकानुनी रूपमा आफ्नो खातामा राखेको ठहर गरेको थियो र १२ करोड बढी रकम हिनामिना गरेको आरोप छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई घुस दिएको र सोही विषयमा मुद्दा चलेको थियो।
काठमाडौँ । आर्थिक विवाद र अनियमिततामा मुछिएका नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेसँग जोडिएको सम्पत्ति शुद्धीकरण, घुस, किर्ते लगायतको मुद्दा हेर्न नमिल्ने इजलासमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्मा र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेशी तोकिएको थियो । विशेष अदालतले न्यौपानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो ।
नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति गैर कानुनी रूपमा आफ्नो खातामा राख्ने निर्णय गरेकोमा उनलाई दोषी ठहर गरेको थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको थियो ।
विशेष अदालतले सामाजिक संस्थाको सम्पत्ति गैर कानुनी रूपमा व्यक्तिगत खातामा सारेकामा उनलाई दोषी ठहर गरेको हो । विशेषको ठहर अनुसार उनले १२ करोड ४ लाख ८७ हजार रुपैयाँ गैर कानुनी रूपमा अपचलन गरेका थिए । विशेष अदालतको सो आदेशविरुद्ध न्यौपाने ५ फागुन २०८१ मा सर्वोच्च अदालत पुगेका थिए ।
उनले विभिन्न बैंकमा आफ्नो नाउँमा खाता खोली कलेजको रकम स्थानान्तरण गरेको भन्दै विशेष अदालतले त्यसरी आम्दानी गरेको आय स्रोतको कर भुक्तानी नगरेको ठहर गरेको छ । आफ्नो हक नपुग्ने संस्थाको सम्पत्ति कुनै अभिलेख नराखी निजी सम्पत्तिको रूपमा परिणत गरेको भन्दै विशेष अदालतले उनलाई दोषी ठहर्याएको थियो ।
विशेष अदालतले यसरी गैरकानुनी रूपमा हिनामिना गरेर लाभ गरेको रकम १२ करोड ८४ लाख रुपैयाँ रहेको फैसलाको रायमा उल्लेख छ । तलब भत्ता, गाडी र अन्य सुविधाका नाममा रकम दुरुपयोग गरेको विशेष अदालतको ठहर गरेको थियो ।
त्यस्तै नेपाल इन्जिनियरिङ कलेजभित्रै अनियमितता मिलाउन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएका थिए । घुस लिएर काम नभएपछि रकम लगानी गरेको समूहले घुस लेनदेनबारे कुराकानी र छलफल गरेको अडियो र भिडियो सार्वजनिक गरेको थियो । त्यसलगत्तै महाभियोगको डरले पाठकले राजीनामा दिएका थिए ।
कलेजको अनियमितता मिलाउन एक करोड ६० लाख रुपैयाँको घुस डिल भए पनि सुरुमा पेस्की स्वरूप दुई चरणमा न्यौपानेले ७८ लाख रुपैयाँ घुस दिएका थिए । उक्त रकम पाठकसमक्ष पुर्याउने समूहले नै पछि अख्तियारमा अडियो सहितको प्रमाण पेस गरेको थियो ।
७८ लाख रुपैयाँ घुस खाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने विरुद्ध विशेष अदालतमा मुद्दा चलायो । विशेष अदालतले दुवै जनालाई ३/३ वर्ष कैद र ३९ लाख रुपैयाँका दरले जरिवाना तोकेको थियो ।
आयुक्त पाठकमाथि थप ३ महिना कैद सजाय भएको थियो । विशेषले उनीहरूलाई भ्रष्टाचारको प्रयास गरेको आरोपमा दोषी ठहर गरी आधा सजाय गरेपछि अख्तियार पुनरावेदनका लागि सर्वोच्च गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण