खीर खाने दिन ८० लाख लिटर दूध खपत, १ अर्ब ४० करोडको कारोबार हुने
सारांश
- भोलि साउन १५ गते खीर खाने दिन, जसमा ८० लाख लिटर दूध खपत हुने अनुमान छ।
- नेपाल डेरी एसोसिएसनका अनुसार, यस दिन करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान छ।
- खीरमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, र भिटामिन बी-कम्प्लेक्स पाइन्छ, जसले स्वास्थ्यमा लाभ पुर्याउँछ।
काठमाडौँ । भोलि साउन १५ अर्थात् खीर खाने दिन । खीर खाने दिन नेपालमा ८० लाख लिटर दूध खपत हुने अनुमान भएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार भोलि बिहीबार देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । नेपाल डेरी एसोसिएसनले प्रत्येक श्रावण १५ को अवसरमा खीर खाने कार्यक्रम आयोजना गर्दै आइरहेकोमा यस वर्ष पनि श्रावण १५ गतेको अवसरमा ‘नेपाली खीर प्रवर्द्धन कार्यक्रम–२०८२’ आयोजना गरिसकेको छ ।
पोषणविद्हरूका अनुसार मानव स्वास्थ्य र खीरको सम्बन्ध पनि अत्यन्तै महत्त्वपूर्ण छ । खीर केवल स्वादका लागि मात्र होइन, स्वास्थ्य लाभका लागि पनि उल्लेखनीय छ । पोषणको खानी दूध र चामलमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, भिटामिन बी–कम्प्लेक्स पाइन्छ । हड्डी र दाँत मजबुत बनाउन क्याल्सियम र भिटामिन डीको कारण शरीरलाई बलियो बनाउँछ । सहज पाचन हुने हुँदा खीर सजिलै पच्ने र पेटलाई आराम दिने परिकार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण