दुई महिनामा ५ सय ६९ विपद्जन्य घटना, ४३ जनाको मृत्यु
सारांश
- जेठ १५ गते नेपालमा मनसुन सुरु भएपछिका दुई महिनाको अवस्थाबारे विवरण सार्वजनिक गरिएको छ।
- मनसुनजन्य विपद्का घटना गत वर्षको तुलनामा कम देखिएको छ भने मानवीय र भौतिक क्षति पनि कम छ।
- यस अवधिमा ५६८ विपद्जन्य घटना घटेका छन्, जसमा ४३ जनाको मृत्यु, १८ बेपत्ता र ११८ घाइते भएका छन्।
काठमाडौँ । गत जेठ १५ गते (मे २९) मा नेपाल भित्रिएको मनसुनको दुई महिने अवस्था सार्वजनिक गरिएको छ । बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई महिनामा मनसुनका कारण भएको जनधनको विवरण सार्वजनिक गरेको हो ।
दुई महिनाको अवधिमा ५ सय ६८ विपद्जन्य घटना घटेका छन् । विपद्बाट ४३ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यस्तै १८ जना बेपत्ता र १ सय १६ जना घाइते भएका छन् । २ हजार १ सय १२ परिवार प्रत्यक्ष प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
मनसुनजन्य विपद्का समग्र घटनालाई केलाउँदा सो अवधिमा गत वर्षको तुलनामा यस वर्ष घटना कम घटेका प्राधिकरणले जनाएको छ । साथै मानवीय र भौतिक क्षति पनि कम नै रहेको देखिएको छ । प्राधिकरणका अनुसार रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठुलो धनजनको क्षति गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण