सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् : प्रधानमन्त्री ओली
बिहीबार, १५ साउन २०८२, ०६ : ४५
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १५ को अवसरमा शुभकामना व्यक्त गर्दै सबै नेपालीको जीवन खीरजस्तै मिठो होस् भनेका छन्।
- उनले साउन १५ को पर्व परम्परागत रूपमा रोपाइँ सकिएपछी मनाउने चलन रहेको बताए।
- ओलीले खीरले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको बताए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् । साउन १५ को अवसरमा शुभकामना दिँदै उनले यस्तो कामना गरेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् -'आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। '
ओली थप लेख्छन् -'जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ। शुभ साउन १५! सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण