प्रधानमन्त्रीको घोषणा झुट र हावादारी गफ हो: डा लोहनी
सारांश
- राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीको घोषणालाई हावादारी गफ भनेका छन्।
- प्रधानमन्त्रीले मधेसको सुक्खा क्षेत्रमा ५०० डिप बोरिङ गर्ने घोषणा गरेपछि लोहनीले टिप्पणी गरेका हुन्।
- लोहनीले सरकारको यो कदमलाई राजनीतिक भ्रष्टाचार र जनताको जिन्दगीसँग खेलबाड भएको आरोप लगाएका छन्।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को हावादारी गफ गरेको बाएका छन् । केही दिनअघि मधेसको सुक्खाक्षेत्रको भ्रमणपछि प्रधानमन्त्रीले ५०० डिप बोरिङ गर्ने घोषणा गरेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा लोहनीले बिहीबार लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीजी सुक्खा क्षेत्रको भ्रमणपछि अब नेपाल सरकारले ५०० डिप बोरिङ गर्ने घोषणा गर्नुभयो । यो अर्को झुट र हावादारी गफ हो । नेपाल सरकार ले ८०/८१ मा जम्मा ६ वटा डिप बोरिङ निर्माण गरेर ३०० हेक्टरमा सिचाइँ गर्ने भनेको थयो । अब अचानक ५०० बोरिङ गरेर ३०००० हेक्टरमा सिँचाइको घोषणा बारे के भन्ने ?’
उनले यो राजनैतिक भ्रष्टाचार र जनताको जिन्दगीसँग खेलबाड भएको टिप्पणी गर्दै ‘के यही तपाईंको अग्रगमन हो ?’ भनेर प्रश्न समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण