आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै
सारांश
- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको स्वास्थ्यमा सुधार आएको छ।
- सात बुँदे मागसहित आमरण अनसन बसेका भट्टराईलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
- मेयरको सचिवालयका अनुसार, डाक्टरले खान नखाएसम्म डिस्चार्ज नगर्ने बताएका छन्।
काठमाडौँ । अस्पताल भर्ना भएका मेयर तीर्थराज भट्टराईको स्वास्थ्यमा सुधार आएको छ । विभिन्न माग गर्दै माइतीघरमा आमरण अनसन बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई समस्या देखिएपछि बुधबार राति ११ बजे वीर अस्पतालमा भर्ना भएका थिए ।
उनको उपचारपछि आज स्वास्थ्यमा सुधार देखिएको सचिवालयले जनाएको छ ।
‘चार दिनदेखि भोको भएको कारणले स्वास्थ्यमा समस्या देखियो । हिजो राति अस्पताल भर्ना हुनुभएको हो । उपचारका क्रममा डाक्टरले सुगर कमी भएको भनेको छ ,’मेयरको सचिवालय चिरञ्जीवी खतिवडाले भने,‘अहिले उहाँको स्वास्थ्यमा सुधार देखिए पनि डाक्टरले खान नखाएसम्म डिस्चार्ज नगर्ने भनेको छ ।’
मेयर भट्टराई आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह बसेका थिए । तर सरकारले बेवास्ता गरेपछि बुधबारदेखि आमरण अनसन बसेका भट्टराईलाई बुधबार राति नै अस्पताल भर्ना गरिएको हो । भट्टराईको राति ११ बजेतिर स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण