बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालको पानी भारतले खिचेको हुनसक्छ, जासुसी तरिकाले अध्ययन गरौँ : वामदेव गौतम

बिहीबार, १५ साउन २०८२, १३ : ३७
बिहीबार, १५ साउन २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले तराई मधेसमा देखिएको पानीको समस्या समाधानका लागि प्रत्येक पाँच किलो मिटरमा पोखरी निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पानीको समस्या समाधानका लागि पोखरी निर्माणको प्रस्ताव गरेका हुन् । 

‘ठोरीको नहरबाट आठ जिल्लामा जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ लगेर पानी रिचार्ज गर्न सकिन्छ । ५/६ दिनसम्म रिचार्ज गर्ने हो भने गहिराइको आधारमा खर्च पनि त्यही किसिमले गर्ने । राजमार्गभन्दा दक्षिणतर्फ हरेक पाँच किलोमिटर पोखरी निर्माण गर्ने । आठ जिल्लामा ४० वटा पोखरी निर्माण गरौँला । जहाँ–जहाँ पानी जम्मा गर्न सकिन्छ जम्मा गर्दै जाने । यसका लागि २५/३० हजार कामदार खटाउन सक्यौँ भने दुई/तीन महिनामा हामीले परिणाम दिन सक्छौँ’, उनले भने । 

यसैगरी नै हामीले पूर्वी, मध्य र पश्चिम तराईदेखि पहाडमा पनि व्यवस्थापन गर्न सकिने गौतमले जिकिर गरे । उनले चुरेमा पानी नै नहुने दाबी गरे । करोडौँ वर्षदेखि नै त्यहाँ ग्यागरिङ रहेकाले पानी आउने तर जम्मा नहुने उनले बताए । नेपालको तराई भू–भागमा पानीको समस्या हुनुमा भारतले खिचेको हुनसक्ने गौतमले आशङ्का गरे । त्यसका लागि जासुसी तरिकाले हेर्न जानुपर्ने उनको भनाइ छ । 

‘मलाई शङ्का के लागेको छ भने भारतले नेपालको सिमानामा रहेको १०/२० किलोमिटर जमिनको पानी सबै खिचेको छ । समस्या त उसलाई पनि छ । झन् बढी समस्या भारतलाई छ । त्यसकारण त्यहाँ हेर्न जानुपर्छ । जासुसी तरिकाले अध्ययन गर्न जानुपर्छ’, गौतमले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप