पद्मश्री साहित्य पुरस्कारका लागि छानिए पाँच कृति
बिहीबार, १५ साउन २०८२, १४ : २३
काठमाडौँ । पद्मश्री साहित्य पुरस्कारका लागि छनोट गरिएका कृतिको संक्षिप्त सूची सार्वजनिक गरिएको छ ।
२०८१ सालमा प्रकाशित २०३ साहित्यिक कृतिबाट यसअघि १५ वटा छनोट गरिएको थियो । त्यसमध्येबाट पनि पाँच वटा छनोट गरिएको खेमकला हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार उरमाल (आख्यान), छालबाटो (गैरआख्यान), प्रणाम सगरमाथा (नियात्रा), स्व (उपन्यास) र हिउँको गीत (उपन्यास) संक्षिप्त सूचीमा परेका छन् ।
यही सूचीबाट एक पुस्तकलाई पद्मश्री पुरस्कारका लागि छनोट गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण