एमाले केन्द्रीय विपद् व्यवस्थापन विभागलाई पूर्णता दिन माग
बिहीबार, १५ साउन २०८२, १५ : ०९
काठमाडौँ । नेकपा एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले विगत तीन महिनामा गरेका कामको रिपोर्ट पार्टीलाई बुझाएको छ ।
विभाग प्रमुख खिमलाल भट्टराईले आइतबार तीन महिने प्रगति र सुझावसहितको विवरण पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका हुन् ।
रिपोर्टमा विभागमा महिलासहितका सदस्य थप्न र विपद्सँग सम्बन्धित संरचना बढाउन माग गरिएको छ ।
‘विभागलाई सामाग्रीसहित कार्यकक्ष र प्रविधिहरू पनि आवश्यक परेको छ । त्यसबारे हामीले पार्टीसँग आवश्यक मागहरू पेस गरेका छौ’, भट्टराईको भनाइ छ ।
यसअघि विभागको बैठकले विपद्मा आइपर्ने समस्या न्यूनीकरणका लागि ५ सय युवा स्वयंसेवक परिचालनका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण