विभागले सार्वजनिक गर्यो नक्कली औषधिको सूची, फेसबुक र टिकटकको प्रचारमा नझुक्किन आग्रह
काठमाडौँ । औषधि व्यवस्था विभागले सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्ममा झुटा र भ्रामक प्रचार गरी बिक्री भइरहेका विभिन्न औषधिका नाममा बेचिने वस्तुहरू प्रयोग नगर्न सचेत गराएको छ ।
विभागले जरुरी सूचना जारी गर्दै यस्ता उत्पादनहरूले जनस्वास्थ्यमा गम्भीर हानि पुर्याउने भनेको छ ।
फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा मधुमेह, मोटोपन, प्रोस्टेट, थाइराइड, युरिक एसिडदेखि क्यान्सरजस्ता प्राणघातक रोगसमेत निको पार्ने भ्रामक दाबीसहित अनाधिकृत र नक्कली औषधि बिक्री भइरहेको पाइएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यस्ता औषधिले यौनशक्ति बढाउने र जाँड–रक्सी छुटाउने जस्ता झुटा आश्वासन दिएर उपभोक्तालाई आकर्षित गरिरहेको विभागको भनाइ छ ।
विभागले चिकित्सकको सिफारिसविना नै विज्ञापनका भरमा प्रयोग गरिने यस्ता सामग्री वैज्ञानिक रूपमा प्रमाणित नभएको र यिनको प्रयोगले स्वास्थ्यमा गम्भीर र जटिल समस्या निम्त्याउन सक्ने चेतावनी दिएको छ ।
विभागले निरीक्षणका क्रममा बरामद गरिएका र प्रतिबन्ध लगाइएका केही नक्कली औषधिको सूची पनि सार्वजनिक गरेको छ ।
–पारस हल्दी जीवन
–पौरुष जीवन
–डिफ्युजल–एल
–कायाप्लस
–१०० हर्स पावर
–३० मिनट्स प्लस स्टप्स
–ग्लुकोरेडि डायबेटिक कन्ट्रोल
–जिम्नेमा सिल्भेस्ट्रे
–बुजी
विभागले यी उत्पादनहरू बरामद गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ । साथै, यस्ता उत्पादन, बिक्री–वितरण र प्रचारप्रसार जस्ता गैरकानुनी गतिविधि तत्काल रोक्न र सामाजिक सञ्जालबाट भ्रामक विज्ञापन हटाउन विभागले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण