मनसुनसँगै डेंगुको प्रकोप बढ्दो, ७४ जिल्लामा फैलियो
बिहीबार, १५ साउन २०८२, १९ : ४९
काठमाडौँ । मनसुन सक्रिय भएसँगै डेंगुको जोखिम देशव्यापी रूपमा बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुस महिनयता देशभर डेंगुका २ हजार ४५१ बिरामी पहिचान भएका छन्
पछिल्लो एक हप्तामा मात्रै १५७ नयाँ बिरामी थपिएका छन् भने पछिल्लो २४ घण्टामा १५ जनामा डेंगु पुष्टि भएको छ । डेंगु सङ्क्रमण हालसम्म देशका ७४ जिल्लामा फैलिएको छ ।
गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित
प्रदेशगत तथ्याकलाई केलाउँदा गण्डकी प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित देखिएको छ ।
गण्डकीमा हालसम्म ६ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने पछिल्लो एक हप्तामा मात्रै ४८ नयाँ बिरामी थपिएका छन् । त्यसपछि बागमती प्रदेशमा ५ सय २३, लुम्बिनी प्रदेशमा ४०५ र कोशी प्रदेशमा ४ सय ३६ जनामा सङ्क्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण