आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपप्रमुखमाथि हमला प्रयास : एमाले बिर्तामोडद्वारा वडाध्यक्षलाई कारबाही गर्न माग

बिहीबार, १५ साउन २०८२, २० : १९
बिहीबार, १५ साउन २०८२

झापा । नेकपा एमाले बिर्तामोडले वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीलाई कारबाहीको माग गरेको छ । बुधबार बिर्तामोडका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलामाथि हमला गर्ने उद्देश्यसहित कार्यकक्षमै प्रवेश गरेर गालीगलौज गरेकोमा भर्त्सना गर्दै एमालेले कारबाहीको माग गरेको हो । 

वडाध्यक्षले उप–प्रमुखमाथि गरेको व्यवहार निन्दनीय र निन्दनीय र भर्त्सना योग्य छ, एमाले बिर्तामाेड नगर कार्यालयद्वारा जारी विज्ञप्तिमा लेखिएकाे छ । दुई पक्षबिच कुनै अन्तरविरोध भए समाधान गर्नुको बदलामा त्यसरी प्रस्तुत हुनुलाई नेकपा एमालेले बेठिक भएको दाबी गरेको छ । 

सबै जनप्रतिनिधिहरूले आफ्नो मर्यादालाई ख्याल गर्दै सामाजिक सञ्जालमा अनावश्यक टीकाटिप्पणी नगरी जनताको सेवामा क्रियाशील हुन एमालेले विशेष आग्रह गरेको छ । 

कुनै पनि सार्वजनिक वा निजी स्थानमा हुलहुज्जत गर्ने, गुण्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै कानुनलाई हातमा लिने र हुलहुज्जत गर्दै उप–प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलामाथि कुटपिटको प्रयास गर्ने वडाध्यक्ष कार्कीसहित उक्त कार्यमा सहभागी सबैलाई कानुन बमोजिम कारबाही गर्न विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ, विज्ञप्तिमा उल्लेख छ । 

उपप्रमुख सङ्ग्रौलाले वडाध्यक्ष कार्कीबारे सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेको विषयले दुई पक्षबिच विवाद भएको थियो । कमेन्टमा चित्त नबुझेपछि वडाध्यक्ष कार्की उपप्रमुख सङ्ग्रौलामाथि खनिएका थिए । दुई पक्षबिच कार्यालयभित्रै भनाभन, चर्काचर्की परेको थियो ।

523358452_3708316236138389_6796049199956863953_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप