मार्गदर्शन सहकारीका थप एक सदस्य प्रकाउ
सारांश
- भैरहवाको सहकारी संस्थाको रकम हिनामिना आरोपमा एक सञ्चालक सदस्य पक्राउ परेका छन्।
- प्रहरीले यसअघि सहकारीका अध्यक्षलाई पनि पक्राउ गरेको थियो, र अन्यको खोजी जारी छ।
- पक्राउ परेका व्यक्ति चितवनको हिसानका उपाध्यक्ष समेत हुन्, र सहकारीमा ठगी मुद्दा दर्ता भएको छ।
बुटवल । भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले संस्थाका सञ्चालक समितिमा रहेका थप एक सदस्यलाई प्रकाउ गरेको छ ।
रूपन्देही प्रहरीका अनुसार समितिका सदस्य रामहरि सिलवाल बिहीबार पक्राउ परेका हुन् । यसअघि बुधबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाबाट सहकारीका अध्यक्ष अशोक केसी पक्राउ परेका थिए । उनलाई रुपन्देही ल्याइएको छ ।
सिलवाललाई भने काठमाडौँबाट पक्राउ गरी ल्याउने तयारी भइरको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले रातोपाटीलाई बताए । एक महिनाअघि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
सिलवाल चितवनको राप्ती नगरपालिका–२ का सिलवाल उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का उपाध्यक्षसमेत हुन् ।
उक्त सहकारीको सेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना भएपछि रुपन्देही प्रहरीले सहकारी ठगी मुद्दामा अनुसन्धान थालेको थियो । यस प्रकरणमा मुछिएका अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण