अस्पताल लैजाने तयारी गर्दागर्दै मृत्यु
सारांश
- अछाममा ६५ वर्षीय वृद्ध घरभित्र मृत फेला परेका छन्।
- उनी पञ्चदेवल विनायक नगरपालिका-७ का बासिन्दा थिए र मंगलसेनमा एक्लै बस्दै आएका थिए।
- प्रहरीले पोस्टमार्टमका लागि शव अस्पतालमा राखेको छ र घटनाको अनुसन्धान भइरहेको छ।
धनगढी । अछाममा ६५ वर्षीय एक वृद्ध घरभित्रै मृत अवस्थामा फेला परेका छन् ।
पञ्चदेवल विनायक नगरपालिका–७ घर भएका जगन्नाथ खनाल बिहीबार साँझ साढे सात बजे मृत फेला परेका हुन् ।
उनी मंगलसेन नगरपालिका–५ बजारमा जितेन्द्र शाहको खाली घरमा एक्लै बस्दै आएका थिए । प्रहरीका अनुसार सानैदेखि सहाराविहीन भएका खनाल घरबाट टाढै रही जीवन निर्वाह गर्दै आएका थिए । दिनभरि मजदुरी गर्ने र घरमा एक्लै बस्ने उनको दिनचर्या थियो ।
बिहीबार दिनभरि उनी घरबाहिर ननिस्किएपछि स्थानीयले घरभित्र गएर हेर्दा उनको अन्तिम सास मात्र बाँकी थियो । अस्पताल लैजाने तयारी गर्दागर्दै उनले प्राण त्यागे । घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेकबहादुर कमाण्डको अनुसन्धान टोली घटनास्थल पुगेर शव पोस्टमार्टमका लागि अस्पतालमा राखेको छ । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्नेछ ।
घटनापछि मृतकका आफन्तलाई खबर गरिएको छ । सानैदेखि एक्लो जीवन बिताएका उनले विवाह गरेका थिएनन् । स्थानीयका अनुसार उनी कहिलेकाहीँ मदिरा पनि पिउँथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण