दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित
सारांश
- राजदूतवासले ओहायोमा घुम्ती शिविर सञ्चालन गरी करिब चार सय सेवाग्राहीलाई सेवा प्रदान गर्यो।
- शिविरमा राहदानी नवीकरणलगायतका सेवाहरू प्रदान गरिएको थियो, जसले स्थानीय नेपालीहरूलाई सहजता ल्यायो।
- यसअघि, यस्तै प्रकृतिको शिविर केन्टकी राज्यमा पनि सञ्चालन गरिएको थियो र सेवाग्राहीहरू खुसी थिए।
वासिङ्टन डिसी । नेपाली राजदूतावासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ । मङ्गलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय सेवाग्राहीले सेवा लिएको डिसीस्थित दूतावासले जानकारी दिएको छ ।
ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा दामोदर पौडेलको समन्वयमा स्थानीय गैरआवासीय सङ्घको समेत सहभागितामा शिविर सञ्चालन गरिएको थियो ।
यहाँ रहेका नेपालीहरूका लागि राहदानी नवीकरणलगायत सेवाका लागि डिसीमा रहेको दूतावाससम्म पुग्नका लागि समय र स्रोतको कारणले महँगो पर्नेमा दूतावासको टोली नै आएर सेवाग्राहीलाई सेवा दिनु महत्त्वपूर्ण भएको पौडेलले प्रतिक्रिया दिए । डिसीस्थित दूतावासका इकोनोमिक कन्सुलर युगराज पाण्डेको प्राविधिकसहितको टोलीले शिविरमा सेवा दिएको थियो ।
यसैगरी गत आइतबार र सोमबार केन्टकी राज्यमा सोही प्रकृतिको शिविर सञ्चालन गरिएको थियो । विगत केही वर्षदेखि नेपालीहरूको जनघनत्व बढी भएको राज्यमा दूतावासले शिविर सञ्चालन गर्दै आएको छ, यसबाट सेवाग्राही खुसी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण