शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोदो : स्वास्थ्यका तथा पौष्टिक आहारको उपयुक्त विकल्प

शुक्रबार, १६ साउन २०८२, ०९ : ५१
शुक्रबार, १६ साउन २०८२

सारांश

  • नेपाल सरकारले साउन १६ गते प्रथम राष्ट्रिय कोदो दिवस घोषणा गरेको छ, जसले कोदोको महत्त्व उजागर गरेको छ।
  • कोदो नेपाली पहाडी भूगोलको रैथाने बाली हो, जुन स्वास्थ्यवर्धक र आत्मनिर्भरताको प्रतीक हो।
  • राष्ट्रिय कोदो दिवस मनाउनुको उद्देश्य परम्परागत बालीको संरक्षण, किसान सम्मान, र खाद्य सुरक्षामा योगदान पुर्‍याउनु हो।

आज साउन १६ गते नेपाल सरकारले प्रथम राष्ट्रिय कोदो दिवस घोषणा गरेको परिप्रेक्ष्यमा ओझेल परेको रैथाने अन्न कोदोको महत्त्वलाई जनमानसमा उजागर गर्न एउटा अवसर सिर्जना गरेको छ । 

नेपालको पहाडी भूगोलमा उब्जिएको, जीवनशैलीसँग गाँसिएको र पुस्तौँदेखि खानामा मिसिएको एक अनमोल धरोहर हो, कोदो। आधुनिक जीवनशैलीले जब हाम्रो थालबाट परम्परागत अन्नहरू विस्थापित गर्दैछ, त्यही बेलामा "राष्ट्रिय कोदो दिवस" को महत्त्व अझै गहिरो रूपमा महसुस भएको छ ।

 कोदो नेपाली माटोको स्वाद र स्वाभिमान मात्रै नभई मौलिक रैथाने बालीको घोतक पनि हो । कोदो केवल एक अन्न मात्र होइन, यो हाम्रो संस्कृति, आत्मनिर्भरताको प्रतीक र जीविकोपार्जनको आधार हो।कोदोको उपस्थिति हाम्रो गाउँ–घरको जीवन र पहिचानसँग जोडिएको छ। यो आधुनिक जीवनशैलीमा महँगो हाेटल र रेस्टुरेन्टमा कोदोको परिकार खान धाएर जाने र सामाजिक सञ्जालका सान सार्वजनिक गर्ने जमात बढिरहेको छ। यो अवस्थामा पनि यसको महत्त्वलाई समयसापेक्ष गरेको छ । 

कोदो स्वास्थ्यका तथा पौष्टिक आहारको लागि उपयुक्त विकल्प हो । कोदो फाइबर, आइरन, क्याल्सियम, र एन्टी–अक्सिडेन्टको राम्रो स्रोत हो। मधुमेह, उच्च रक्तचाप जस्ता जीवनशैलीजन्य रोगहरूको नियन्त्रणमा यसको भूमिका अत्यन्त प्रभावकारी छ।

आज जब ‘सुपर फुड’ को चर्चा विश्वभर छ, कोदो जस्ता मोटा अन्नहरू पुनः विश्वव्यापी चर्चा र प्रयोगमा आउन थालेका छन्। बजारमा कोदोको बिस्कुट ,पाउरोटी तथा चिप्स आउन थालेका छन्, उपभोक्ताको माग चाख र माग बढ्दो छ । तसर्थ कोदो खेती प्रवर्धन का लागी तिनै तहका सरकारले विशेष ध्यान दिनु जरुरी छ ।

"राष्ट्रिय कोदो दिवस" मनाउनुको उद्देश्य केवल उत्सव होइन, यो हाम्रो परम्परागत बालीको संरक्षण, किसानप्रति सम्मान, खाद्य सुरक्षामा योगदान, र आत्मनिर्भर अर्थतन्त्रप्रतिको प्रतिबद्धता हो । यसले हामीलाई आफ्नो मौलिकता सम्झाइरहेको छ।

कोदोबाट ढिँडो मात्र होइन, हलुवा, बिस्कुट, ब्रेड, फ्लेक्स,  रक्सी, अचार जस्ता विविध परिकार बन्न सक्छन्। यदि राज्य, उद्योग र उपभोक्ताबिच सहकार्य भएमा कोदो आयात प्रतिस्थापन र निर्यात सम्भावना बोकेको बाली बन्न सक्छ।

हामी जब कोदोलाई केवल ‘पुरानो’ भनेर बिर्सन खोज्दैछौँ, तब स्वास्थ्य, आर्थिक र सांस्कृतिक दृष्टिले यो अझै ‘नयाँ सम्भावनाको बीउ’ हो। कोदो हाम्रो पहिचान हो । कोदो सिँचाइ नहुने जग्गाको लागि उपयुक्त वैकल्पिक खेती हो । कोदो ग्रामीण किसानको आय-आर्जनको आधार हो । तसर्थ हामीले प्रथम राष्ट्रिय कोदो दिवस मनाउनु माझ कोदो को महत्त्व र कोदो खेती लाई अझै व्यापक बनाउन उत्पादन र उत्पादकत्व वृद्धि गर्न तर्फ कृषि सम्बद्ध कार्यालय र संस्थाहरूले काेदाेखेती लाई उचित प्राथमिक दिई कार्यक्रम तर्जुमा गर्नुपर्ने टट्कारो आवश्यक देखिन्छ । जसबाट राष्ट्रिय कोदो दिवस मनाउनुको सन्दर्भलाई सार्थकता प्रदान गर्छ । 

राजेन्द्र रुपाखेती कृषि अधिकृत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र रुपाखेती
राजेन्द्र रुपाखेती
लेखकबाट थप