श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
शुक्रबार, १६ साउन २०८२, १२ : १९
सारांश
- पाँचथरमा श्रीमानले श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- फिदिम नगरपालिकामा कोदालोले हानेर गम्भीर घाइते भएकी अनु राईको उपचारका क्रममा मृत्यु भयो।
- प्रहरीले घटनामा संलग्न महेन्द्र तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
पाँचथर । पाँचथरमा श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका–७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
फिदिम नगरपालिका–१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएकी थिइन् । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएको थियो ।
उनको बीएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको थियो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले महेन्द्रलाई फिदिम नगरपालिका–६ गोले गाउँबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण