बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

माओवादी स्थायी समिति बैठक सुरु, प्रत्येक सदस्यलाई १५ मिनेटको समय

शुक्रबार, १६ साउन २०८२, १३ : २१
शुक्रबार, १६ साउन २०८२

सारांश

  • माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालयमा सुरु भयो, जसमा अध्यक्ष प्रचण्डले एजेण्डा पेस गरे।
  • बैठकमा अन्तरविरोध समाधान गर्ने विधि र प्रक्रियाबारे छलफल हुने र प्रत्येक सदस्यलाई १०-१५ मिनेटको समय दिइनेछ।
  • पार्टी हेडक्वाटरबाट प्रचण्डले ब्रिफिङ गर्ने, मध्यपहाडी लोकमार्गबारे छलफल र अन्य समसामयिक एजेण्डा तय हुनेछ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय परिसडाँडामा सुरु भएको छ । बैठकको प्रारम्भमा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एजेण्डा पेस गरेका छन् । एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । 

maoist standing committee meeting (2)

उनका अनुसार छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ । बुधबार बसेको पदाधिकारी बैठकले मुख्यतः पाँचवटा एजेण्डा तय गरेको थियो । पछिल्लो समय चर्किंदै गएको अन्तरविरोध हल गर्ने विषयमा विधि र प्रक्रियाबारे बढी छलफल केन्द्रित हुनसक्ने गजुरेलले बताए ।

maoist standing committee meeting (3)

‘स्थायी समिति बैठक यति दिनमा सक्ने भनेर कुनै सीमा तोकिएको छैन । अध्यक्षले एजेन्डा पेस गरेपछि छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा कति जनाले बहस गर्छन्, त्यसले समय निर्धारण गर्छ । अहिले नै कसैलाई स्पष्टीकरण सोध्ने वा अन्तरविरोधको हल निकाल्ने भन्दा पनि सबैको विचार र मत सुनिसकेपछि मात्र के गर्ने भनेर एउटा निष्कर्षमा पुग्न सकिन्छ’, उनले भने ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोध सार्वजनिक रुपमै छताछुल्ल भएको छ । अन्तरविरोधबिच सुरु भएको स्थायी समिति बैठकलाई निकै चासोपूर्वक हेरिएको छ ।

maoist standing committee meeting (1)

पार्टी हेडक्वाटरको तर्फबाट अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गर्नेछन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई निरन्तरता दिनेबारे छलफल हुने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने गरी एजेण्डा बनाएको छ ।

यस्तै समाजवादी मोर्चालाई थप विस्तार गर्ने, संगठन निर्माण, कार्यविभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेण्डा बनेको छ ।

maoist standing committee meeting (5)maoist standing committee meeting (6)maoist standing committee meeting (7)maoist standing committee meeting (8)maoist standing committee meeting (9)maoist standing committee meeting (10)maoist standing committee meeting (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप